मङ्लबार, बैशाख १, २०८३ | Tue April 14, 2026


मतदान गर्ने दिन नजिकिदै गर्दा मतदातामा उत्साह, एमालेमा जनलहर उर्लदो

मतदान गर्ने दिन नजिकिदै गर्दा मतदातामा उत्साह, एमालेमा जनलहर उर्लदो



भक्तपुर, २६ कात्तिक । आगामी मंसिर ४ गते आउँन ९ दिन मात्र बाँकी छ । जति चुनाबको दिन नजिकिदै छ, उतिनै मतदाताहरुबीच उत्साह थपिएको छ । निर्वाचनको माहौल तातिरहेको बेलामा एमालेको घरदैलो कार्यक्रममा स्थानीय जनताको उर्लदो जनलहरले विजयीको संकेत गरिरहेको आभाष हुन्छ ।

विगत पाँच वर्षमा एमालेका महेश बस्नेत र एमालेको तीन वटै सरकारबाट विनियोजित बजेटबाट आएको करिब २६ अर्ब रकमबाट भक्तपुरको मुहार परिवर्तन गर्दै देशकै विकासमा नमूनाको जिल्ला बनाउन महेश बस्नेत सफल भए पछि जनताले फेरी पनि तिनै विकासमा केन्द्रीत नेता खोजिरहेको आभाष दिइरहेका छन् ।

भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभामा एमालेले पार्टीका पोलिटव्यूरो सदस्य, , पूर्वसांसद एवं पूर्वमन्त्री महेश बस्नेतलाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश सभा (क)का उम्मेदवार किरण थापा, प्रदेश सभा (ख)का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठसहित समानुपातिक उम्मेदवारद्धय शकुन्तला श्रेष्ठ र गोविन्दप्रसाद दुलालले घरदैलो अभियानमा जुटिरहदा कार्यकर्ता उत्साहित भएका छन् ।

बिकास पुरा गर्नलाई महेश, किरण र चन्दनको जोडी खुबै मिलेको छ, अबको पाँच वर्ष एमालेलाई जिताउन सके भक्तपुरमा बिकासले पूर्णता पाउँछ भन्दै मतदाताहरु उत्साहित भएर घरदैलोदेखि सभाहरुमा उत्तिकै सहभागिता जनाउन थालेका छन् ।

एमाले प्रचार प्रसार कमिटीले सूर्यविनायक नगरपालिका वडा नं. ९ र मध्यपुर थिमी नगरपालिका वडा नं. ९ मा घरदैलो कार्यक्रम आयोजना गरेको घरदैलो कार्यक्रममा पनि जनसहभागिता उल्लेख्य रहेको थियो । सयौंको संख्यामा जनताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

एमाले उम्मेद्वारलाई स्थानीयवासीले घर घरमा माला, खादा तथा अविर लगाएर स्वागत गरेका थिए । स्वागतका क्रममा वृद्धवृद्धा, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा एमलो उम्मेदवारलाई स्वागत गर्न गठबन्धन दलका कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

एमालेका विकासप्रेमी नेतालाई विजय नगराउनु भक्तपुरकै लागि दुर्भाग्य हुने भएकाले एमालेका उम्मेदवारको पक्षमा मतदान गर्ने प्रतिवद्धता समेत अन्य पार्टीका कार्यकर्ताले उल्लेख गरे ।

यो पनि पढ्नुहोस  राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित