आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


झुठा विवरण पेश गरी नागरिकता बनाई दिने ४ पक्राउ

झुठा विवरण पेश गरी नागरिकता बनाई दिने ४ पक्राउ



काठमाडौं, ८ असोज । झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घरभई काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घरभई काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घरभई काठमाडौं महानगरपालिका-६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपालचोक हेलम्बु गाउँपालिका-४ घरभई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा छन् ।

जुवा सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढन्डुपले नगद ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  असक्तलाई घरमै स्वास्थ्य सेवा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित