शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


बाढी पहिरोमा परी ललितपुरमा २१ जनाको मृत्यु १० बेपत्ता

बाढी पहिरोमा परी ललितपुरमा २१ जनाको मृत्यु १० बेपत्ता



ललितपुर, १२ असोज । अविरल वर्षा पश्चात् आएको बाढी तथा पहिरोमा परी ललितपुरमा २१ जनाको मृत्यु तथा १० जना भएका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१० टाखेलमा पहिरो कारणले ५८ वर्षीय सानु चालिसे, गोदावरी-९ चुनिखेलमा पहिरोको कारण जिल्ला पाँचथर घरभई चुनिखेल बस्ने ४८ वर्षीया सुशिला लिम्बु, महाङकाल गाउँपालिका-३ माथिल्लो गोटिखेल स्थित पहिरोमा परेर २ वर्षीय संयम सिङतानको मृत्यु भएको छ ।
त्यसैगरी, गोदावरी नगरपालिका-९ छम्पीमा पहिरोको कारण सिन्धुली घरभइ छम्पी बस्ने ४२ वर्षीया सुनिता तामाङ, गोदावरी-३ मा पहिरोको कारणले एकै घरको ३५ वर्षीय पवन नगरकोटी र उनकि १० वर्षीया छोरी मेन्सिला नगरकोटीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महानगरपालिका-२५ तालिमकेन्द्रमा बाढिको कारणले सोही स्थानका ६६ वर्षीया ताराराज कनिका, महालक्ष्मी नगरपालिका-९ सिस्नेरी ठकुरीगाउँमा पहिरोको कारणले ३५ वर्षीया रिना महिम कर्मी श्रेष्ठ, महालक्ष्मी-९ सिस्नेरी खोलाको बाढीले ४४ वर्षीया रविन भुजेल, ललितपुर महानगरपालिका-१४ कान्तिपुर कोलोनिमा बाढीको कारणले रौतहट घरभई सोहीस्थान बस्ने २७ वर्षीय नन्दु साह, महालक्ष्मी नगरपालिका-८ शंखादेवी नेपाल चोकमा पहिरोको कारणले ६१ वर्षीया राधीका थापाको मृत्यु भएको छ। ललितपुरकै कोन्ज्योसोम गाउँपालिका-३ दलचौकीमा पहिरोको कारणले एकै परिवारको २२ वर्षीया सुम्निमा घलान र १५ वर्षीय समिर घलानको मृत्यु भएको छ ।
त्यसैगरी, गोदावरी नगरपालिका-५ लेले महतगाउँमा पहिरोको करणले ३८ वर्षीया सर्मिला महत, गोदावरी-७ देवीचौरमा पहिरोको कारणले अनिल रुम्बाको गोठ पहिरोले पुरिँदा नाम वतन नखुलेको २८ / ३० वर्षीय शेर्पा भन्ने ब्यक्तिक‍ो छ । गोदावरी नगरपालिका-६ टिकाभैरवमा पहिरोको कारणले ५० वर्षीय भाइकृष्ण खड्का, ५५ वर्षीय प्रलाद थापा र ३० वर्षीय सुमन थापाको मृत्यु भएको छ । बागमती गाउँपालिका-१ घुसेलमा पहिरोको कारणले ५० वर्षीय केशब न्यौपाने र गोदावरी नगरपालिका-१० न्यौपाने गाउँ स्थित एससीआरसी होस्टेल पछाडी पहीरो जादा होस्टेलमा बस्ने ७ वर्षीय सुजन राईको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघमा नयाँ नेतृत्व, थापालाई सम्मान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित