शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


भक्तपुर अस्पतालमा ८ करोडको लागतमा सिटी स्क्यान मेशिन र एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन सञ्चालनमा ल्याउने

भक्तपुर अस्पतालमा ८ करोडको लागतमा सिटी स्क्यान मेशिन र एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन सञ्चालनमा ल्याउने



भक्तपुर, २२ मंसिर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले वागमति प्रदेश सरकारले भक्तपुर अस्पतालमा ८ करोडको लागतमा सिटी स्क्यान मेशिन र एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन सञ्चालनमा ल्याउने भएको बताउनु भयो ।
आज मध्यपुरथिमिमा नेप्सेम्याकको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोग भएको नसर्ने रोगहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्री थापाले भन्नुभयो, “भक्तपुर अस्पतालमा वागमति प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पहिलो पटक सिटी स्क्यान मेशिन जडान गर्ने भएको छ । यसका लागि टेण्डर आव्हान गरेर मेशि आइसकेको छ । महिलाहरुमा स्तन क्यान्सर बढ्दै गइरहेको छ, त्यसको पहिचान गरि रोकथाम गर्न स्क्रिनिङ गर्न सजिलो होस् भनेर हामीले मेमोग्राम मेशिन पनि जडान गर्ने भका छौँ, त्यसका लागि टेण्डर आव्हान भइसकेको छ, अब भक्तपुर अस्पताल सुविधा सम्पन्न हुनेछ ।”

भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र राष्ट्रको लागि दुई घण्टे अभियान रहेको बताउनुभएको छ ।
आज
मन्त्री थापाले भक्तपुरको वातावरण स्वच्छतामा मात्र नभई नेप्सेम्याक र दुई घण्टे अभियानले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा समेत ठूलो योगदान गरेको चर्चा गर्नुभयो ।उहाँले भन्नुभयो, ‘नेप्सेम्याक र राष्ट्रको लागि दुई घण्टे अभियानले भक्तपुरको समग्र विकासमा मेरुदण्डको रुपमा स्थापित भएको छ । चाहे हनुमन्ते करिडोर होस् वा सडक, ढल, पुल, मूख्य राजमार्ग तथा अन्य शिक्षा, स्वास्थ्यमा समेत विशेष योगदान गरेको छ । जसले गर्दा तीन वटै तहका सरकारले भक्तपुरको विकास र समृद्धिमा होमिएका छन् । जनतामा आशाको किरणहरु बलेका छन् । नेप्सेम्याक र राष्ट्रको लागि दुई घण्टे अभियान भक्तपुरको पहिचान र चिनारी बनेको छ ।’
नसर्ने रोगहरुका कारण दैनिक मानिसहरुको मृत्यु भइरहेको उदाहरण दिँदै मन्त्री थापाले आफ्नो स्वास्थ्यको अवस्थामा चेकजाँच गरी जानकारी लिइरहनुपर्ने बताउनुभयो । बागमती प्रदेश सरकार सवै जनतालाई स्थास्थ्यको पहुँचमा पुर्याउने गरी काम गरिरहेको उल्लेख गर्दै मन्त्री थापाले भक्तपुरमा स्वास्थ्य क्षेत्रमा भइरहेका कार्यहरुको जानकारी गराउनुभयो । आफुलाई निर्वाचित गराउने जनताको चाहना र आवश्यकता अनुसार आफुले कार्य गर्ने उल्लेख गर्दै उहाँले भक्तपुरका जनताको शीर झुकाउने कुनै पनि कार्य हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
नेप्सेम्याकका सञ्चालक गोविन्द प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहाल, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडा, चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोम प्रधान, राष्ट्रको लागि दुई घण्टे अभियानका उपाध्यक्ष नरेश रञ्जित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने भक्तपुर शाखा कार्यालयका प्रवन्धक बाबुराम चौलागाईले स्वागत मन्तव्य राख्नुभयो ।कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् भने १२८ स्वास्थ्य परिक्षण गरेका छन् । उक्त कार्यक्रम नेप्सेम्याकले विगतका वर्ष झैं नियमित कार्य भएको आयोजकले जनाएको छ । संस्था सञ्चालन गरेबापत सामाजिक उत्तरदायीत्व अन्तरगत कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस  नेपाल भ्रमणका लागि प्रधानमन्त्री ओलीद्धारा भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रण

………………………………………………………………
भक्तपुर । सुर्यविनायक नगरअस्पतालाई एक थान भेन्टिलेटर र दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित करिब ३५ लाखका मेसिन र ४५ लाखको औषधीलगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले आज एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापा र अस्पतालका कार्यकारी निर्देशक एवं युरोलोजिष्ट मृगौला प्रत्यारोपण सर्जन प्रा. डा. राकेश कुमार वर्मालाई हस्तान्तरण गरेका हुन ।

यसबात विरामीलाई थप उपचारमा सहज र सेवामा गुणस्तर हुनेमा स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय विस्वस्त रहेको बताए । अस्पताललाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्दै यसबाट विरामीले घर आगनमै उपचार सेवा पाउने मन्त्री थापाको जोड छ । विभिन्न दातृ निकायसित समन्वय गरेर हेल्थ इनभाइरनमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशनका तर्फबाट भेन्टिलेटर तथा हाइ फ्लो नजल क्यानुलासहित स्वास्थ्य सामग्री वितरण गर्न पाउँदा निकै खुसि लागेको मन्त्री थापाले बताए ।

मेसिन हस्तान्त्रण कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको हेल्थ इनभाइरनमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन जानकारी दियो ।पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको र यस्ता सामाग्री नहुँदा अन्यत्रै रिफर गरिदै आएको सर्जन डा वर्माले बताए । अब अस्पतालबाट विरामीले सहज र सस्तोमा सेवा पाउने विश्वास व्यक्त गरे ।

मन्त्री थापा सहितको टोलीले अस्पताल भवनको अप्रेशन कक्ष, अक्सिजन कक्ष र अन्य भवनहरुको स्थलगत निरीक्षणसमेत गरेको छ ।टिलीले अस्पतालको भौतिक अवस्थाको निरिक्षण गरेसँगै मन्त्रालयबाट थप सहयोग गर्ने वचन दिएको छ । नगरपालिकाबाट निर्माण गरिएका भवनको स्थलगत निरीक्षणमा बागमती सरकारका स्वास्थ्य मन्त्री किरण थापा, नगर प्रमुख बासुदेव थापा, नगरपालिका प्रवक्ता रबिन्द्र सापकोटा, उप प्रमुख सरिता तिमिल्सेना भट्टराइ, नगरकार्यपालिका सदस्यहरू तथा वडा अध्यक्षहरू एवं विभिन्न संघ सस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस  सकियो ग्रस्तोदित खग्रास चन्द्रग्रहण

उक्त टोलीले अस्पतालको भौतिक अवस्थाको निरिक्षण, अप्रेशन थ्रेटर, इएम्, क्ष्ऋग्, ज्म्ग्, अक्सिजन कक्षलगायतको निरिक्षण गरेको हो । मंसिर महिना भित्रबाटै अस्पतालले एचडियु सहितको सेवा विस्तार गर्न लागिएको सो समयमा जानकारी दिएको थियो । सूर्यविनायक नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले मंसिर महिना भित्रै सेवा विस्तार गर्न सरोकारवालबीच थप गृहकार्य भइरहेको जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाले आफ्नै लगानी तथा आफ्नै व्यवस्थापनमा करिब चार वर्ष अघि नगर अस्पताल सञ्चालनमा ल्याएको हो । सरकारले गाउँपालिकामा ५ बेड र नगरपालिकमामा दश बेडको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेसँगै सूर्यविनायक नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गरेको हो ।

नगरपालिकाले सबै वडामा ल्याबसहितको आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिरहेको, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य बीमा रकम प्रतिघर १००० रुपियाँ अनुदान दिने कार्यक्रम सञ्चालनमा ल्याएको र हाल यस कार्यक्रममार्फत १५ हजारबढी परिवारले स्वास्थ्य बीमा गरिसकेको जनाएको छ ।
सूर्यविनायक नगरपालिकाले आफ्नै लगानी तथा आफ्नै व्यवस्थापनमा करिब चार वर्ष अघि नगर अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा सञ्चालन गर्दै थियो । सरकारले गाउँपालिकामा ५ बेड र नगरपालिकमामा दश बेडको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेसँगै सूर्यविनायक नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गरेको हो ।

त्यस्तै नगरपालिकाले सबै वडामा ल्याबसहितको आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिएको, नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य बीमामा लाग्ने रकमको प्रतिघर १००० रुपियाँ अनुदान दिने कार्यक्रम सञ्चालन ल्याइएको यस कार्यक्रममार्फत हालसम्म १५,००० भन्दा बढी परिवारको स्वास्थ्य बीमा गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित