शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


इनार खन्दा भेटियो योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग

इनार खन्दा भेटियो योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग



ललितपुर, १० माघ। भक्तपुर र ललितपुरको सिमानास्थित लुबुँमा योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ । महालक्ष्मी नगरपालिका वडा नं। ८ लुबुँको अन्नडोलमा मल्ल राजा योगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हो । उक्त ठाउँमा घर बनाउने प्रयोजनका लागि इनार खन्ने क्रममा शिवलिङ्ग भेटिएको स्थानीय प्रकाश थापाले जानकारी दिए ।

उनले सो शिवलिङ्ग आफ्नो घरमा सुरक्षित राखेका छन् । अक्षर उत्कीर्ण शिवलिङ्गको ऐतिहासिकताबारे अध्ययन गर्न उपप्राध्यापक सुरेश बखुन्छें, सञ्चारकर्मी हरिसुन्दर छुकां, आर्किटेक्ट सिर्जना प्रजापति र इन्जिनियर तुल्सीलाल बासुकलाको टोली उक्त स्थानमा पुगेका थिए ।

टोलीले उक्त शिवलिङ्गमा उत्कीर्ण अक्षर र शब्द अध्ययन गर्ने क्रममा उक्त शिवलिङ्ग योगनरेन्द्र मल्लकालीन भएको पत्ता लागेको हो । उक्त शिवलिङ्गमा नेपाल संवत् ८१६, योगनरेन्द्र मल्ल, शिवलिङ्ग, न्येमा, , लुवु, माघ शुक्ल लगायतका अक्षर फेला परेका छन् ।

सो शिवलिङ्गको गोलाई १२ इन्च, जलद्रोणीसहित १६ इन्च र उचाइ ६ इन्च रहेको छ । केही भाग चोइटिएको कारण अध्ययनमा केही कठिनाइ भएको छ । शिवलिङ्गमा रहेको अभिलेखको लिप्यान्तरपछि थप तथ्य खुल्ने टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मन्त्री थापाद्वारा सूर्यविनायक नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित