शुक्रबार, जेष्ठ १०, २०८२ | Fri May 23, 2025


ललितपुर महानगरलाई आइसिटी सूचना प्रविधि अवार्ड

ललितपुर महानगरलाई आइसिटी सूचना प्रविधि अवार्ड



ललितपुर, १९ वैशाख । मुलुकभरका स्थानीय तह र प्रदेश सरकारलाई उछिन्दै ललितपुर महानगर सूचना तथा संचार प्रविधि मन्त्रालयद्धारा सम्मानित भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले आइसिटी सूचना प्रविधि अवार्ड २०२५ बाट महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मान गरे ।

ललितपुर महानगरले सूचना प्रविधि प्रयोग गरी सेवा प्रवाह ,विकास निर्माण, सचेतना कार्यक्रमलाई प्रभावकारी बनाएको भन्दै सम्मान गरेको सूचना तथा संचार प्रविधि मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गरेपछि महानगर प्रमुख चिरीबाबु महर्जनले टिम वर्कका कारण अवार्ड प्राप्त गर्न सफल भएको बताए । उनले भने, ‘हामीले महानगरभित्र सम्पादन हुने काम, कुरालाई प्रविधिसँग जोडेका छौं ।’

विपद्को जानकारी दिन एलएमसी एप, सुरक्षाका लागि सिटि टिभी क्यामेरा , इन्टिलिजेन्ट ट्राफिक लाईट लगायतका विषयलाई सूचना प्रविधिसँग जोडेको बताए । उनले भने , ‘ प्रविधिकै कारण महानगरबासीले फाइल बोकेर कोठा कोठामा पुग्न नपर्ने बनाएका छौं ।’ एकद्धार प्रणालीद्धारा काम गर्दा समयको बचतदेखि काम चुस्त रुपमा भएको उनको भनाई थियो ।

महानगरको कामलाई प्रभावकारी बनाउन सूचना, प्रविधिको क्षेत्रमा योजनाबद्ध ढंगबाट काम गरिरहेको बताए । मन्त्रालयले सूचना, प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न निजी संघ संस्था र व्यक्तिलाई समेत उक्त अवार्डबाट सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नक्कली इन्स्पेक्टर बनेर ठगी गरेको आरोपमा दुई पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित