बिहिबार, साउन २८, २०८३ | Thu August 13, 2026


ललितपुरमा शुक्रबार सार्वजनिक बिदा

ललितपुरमा शुक्रबार सार्वजनिक बिदा



ललितपुर, २५ वैशाख । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको रथयात्राको नरिवल खसाल्ने दिनको अवसरमा २०८२ वैशाख २६ गते (शुक्रबार) स्थानीय बिदा दिने निर्णय गरेको छ।

महानगरपालिकाको २०८१ बैशाख १८ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालकै लामो र ऐतिहासिक सांस्कृतिक रथयात्रा मानिने मच्छिन्द्रनाथको रथयात्रामा परम्परागत धार्मिक तथा सामाजिक सहभागिता रहने हुँदा नागरिकको उपस्थिति र परम्परा संरक्षणलाई ध्यानमा राखी बिदा दिन लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बिस्काः जात्रामा भैरबको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा २३ जना घाइते, १० जना पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित