भक्तपुर, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि आज भक्तपुरमा सर्वसहमतका आधारमा प्रतिनिधि छनौट भएको छ । भक्तपुर क्षेत्र नंं १ र २ बाट सर्वसहमत रूपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको पार्टीका जिल्ला उपाध्यक्ष एवं वागमति प्रदेशका स्वास्थ्य मन्त्री किराण थापाले जानकारी दिनुभयो ।
सर्वसहमतीमा भएको प्रतिनिधि छनौटमा क्षेत्र नम्बर १ बाट राम बहादुर श्रेष्ठ, मनोज के सी, सपना तामाङ , दुर्गा थापा लामिछाने, बिष्णु तामाङ प्रतिनिधि चयन हुनु भएको छ । त्यसगरि भक्तपुर क्षेत्र नं. २ मा राजेन्द्र राजथला, शिवराम राउत, सानुकाजी कायस्थ, सूर्यलाल श्रेष्ठ, तारा सापकोटा, अनिता पाण्डे, सकुन्तला श्रेष्ठ, सुमन जोशी र दिपक विसुन्के चयन भएका छन् ।

