सोमवार, अशोज १९, २०८३ | Mon October 05, 2026


प्रदेश सरकारले सुशासनलाई मुख्य केन्द्रमा राखेर अगाडि बढेको छ : मुख्यमन्त्री किरण थापामगर

प्रदेश सरकारले सुशासनलाई मुख्य केन्द्रमा राखेर अगाडि बढेको छ : मुख्यमन्त्री किरण थापामगर



भक्तपुर, १८ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले सुशासनलाई मुख्य केन्द्रमा राखेर अगाडि बढेको बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) चागुनारायण न.पा–८ नं वडा कमिटी सुडालद्वारा आइतबार आयोजना गरेको बधाई तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सुशासन कायम गर्न सरकार कटिबद्ध रहेको बताउनु भएको हो ।

उहाँले शिक्षा, स्वास्थ्य, सुशासनलाई उच्च प्राथमिकतामा राख्दै जनताको कामलाई कुनै पनि बाहना बनाएर नरोकी छिटो भन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न सरकारले सबै कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भक्तपुरको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउदै भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  बाढीका मृतक परिवारलाई प्रतिव्यक्ति रुं २५ हजार, शव पठाउन पालिकालाई तीन करोड दिन्छौं : मुख्यमन्त्री किरण  था

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित