मङ्लबार, अशोज २०, २०८३ | Tue October 06, 2026


वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण



भक्तपुर, १९ असोज  : सुर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना वनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज विहान ६ वजे आगलागी भएको हो ।
आगलागी भए लगत्तै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण गर्नु भयो । उहाँले आगलागीको कारण र अबस्थाबारे जानकारी लिदै आगलातीबाट भएको क्षतिको विवरण लिनु भयो ।   मुख्यमन्त्री थापाले उद्योग सञ्चालनमा आगलागी हुनबाट जोगाउँन सचेतना अबलम्बन गर्नु पर्ने बताउदै उद्योगमा हुने समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानियहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगोलागीबाट ठूलो क्षति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पुर्ण रूपमा क्षति भएको छ भने कारखानासंगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिनुभयो । आगलागीबाट करिब ४० लाख भन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  फन भ्यालीमा गायक अरुण थापा स्मृति साँंझ आयोजना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित