शनिबार, बैशाख १९, २०८३ | Sat May 02, 2026


उपचारको निम्ति साँगा वा मनोहरा कट्नु पर्दैन : मन्त्री

उपचारको निम्ति साँगा वा मनोहरा कट्नु पर्दैन : मन्त्री



भक्तपुर – बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उपचारको निम्ति अब भक्तपुरवासीले साँगा वा मनोहरा कट्नु नपर्ने बताउनु भएको छ ।

मङ्गलवार चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालमा अवस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७ औ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि मन्त्री थापाले भक्तपुरवासीले उपचारको निम्ति अब साँगा वा मनोहरा कट्नु नपर्ने बताउनु भएको हो ।

प्रादेशिक अस्पतालबाट नै आवश्यक सबै उपचार उपलब्ध हुने भएकाले अब अस्पताल खोज्दै काठमाडौँ जानु नपर्ने बताउनुभयो । उहाँले २०८१ देखी आफू बागमती प्रदेशको स्वास्थ्य मन्त्री भएपछि विद्यार्थीको प्राथमिक उपचारको निम्ति विद्यालयमा रहेका नर्सहरूको सङ्ख्या बढाउँदै लगेको समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  किशोरीलाई माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित